Kathmandu Press

राष्ट्र बैंकको कारबाहीमा ६ वित्तीय संस्था

राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो।
राष्ट्र बैंकको कारबाहीमा ६ वित्तीय संस्था

काठमाडौं, माघ १५ : चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमविपरीत काम गर्ने ६ वटा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ।

राष्ट्र बैंकले ग्लोबल आईएमई बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सलाई कारबाही गरेको हो।

राष्ट्र बैंकले उनीहरुलाई प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको, खराब कर्जा पनि पुनर्संरचना तथा पुनर्तालिकीकरण गरेकोलगायत आरोपमा कारबाही गरेको हो।

निर्देशनविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकलाई १० लाख नगद जरिवाना गरेको छ। गरिमा विकास बैंकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ।

प्रकाशित मिति: ११:३३ बजे, सोमबार, माघ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्