Kathmandu Press

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

कञ्चनपुर, फागुन ३० : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

....
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

कञ्चनपुर, फागुन ३० : कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसी बह्मदेव लिंक रोडमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

म १ प ९५८५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए। उनका अनुसार सुरजको घटनास्थलमै र दिनेशको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो  मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको बताइएको छ। 

प्रकाशित मिति: १३:३७ बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्