बलात्कार मुद्दामा अखिलका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङलाई साढे ८ वर्ष कैदको फैसला
काठमाडौं, फागुन ३० : अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतका....

काठमाडौं, फागुन ३० : अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य इन्द्रहाङ राई बलात्कार मुद्दामा दोषी ठहर भएका छन्।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले उनलाई दोषी ठहर गरेको हो। पोखरेलको इजलासले राईलाई साढे ८ वर्ष कैद र डेढ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए।
तिहारमा देउसी खेल्न बोलाएर बलात्कार गरेको भन्दै १८ वर्षीया युवतीले उजुरी दिएकी थिइन्। ससुरा नाता पर्नेको घरमा लगेर राईले आफूलाई बलात्कार गरेको युवतीले जोहरी दिएकी थिइन्। युवतीको उजुरीपछि महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले दक्षिणढोका माकलबारीबाट राईलाई पक्राउ गरेको थियो।
याे पनि पढ्नुहाेस् : अखिलका पूर्वनेता राईको मुद्दामा फरेन्सिक रिपोर्टले भन्यो- युवतीमाथि बलात्कार भएको छैन











