पूर्वमन्त्री शेर्माको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
काठमाडौँ, फागुन ३० : पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
काठमाडौँ, फागुन ३० : पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्य पूर्णकुमार शेर्माको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले फागुन ३०, चैत १ र २ गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।
त्यस्तै, बैठकले चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
उनले जारी गरेको प्रेस विज्ञप्तिमा बैठकले शेर्माको मृत्यु भएको १३औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय जनाएको छ।
उनको बुधबार ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। शेर्मा मन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य भएका थिए।











