Kathmandu Press

सुर्खेतबाट एक नक्कली चिकित्सक पक्राउ

सुर्खेत, फागुन ३० : अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली च....

सुर्खेतबाट एक नक्कली चिकित्सक पक्राउ

सुर्खेत, फागुन ३० : अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पताल सुर्खेतमा आफ्नो नामको साइनबोर्ड टाँस गरी बिरामीको उपचारमा संलग्न एक नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त घटनामा संलग्न दीपेन्द्र काफ्लेलाई पक्राउ गरेको हो। नेपाल मेडिकल काउन्सिल बाँसबारीको यही फागुन ५ गतेको पत्र अनुसार छानबिन गर्न र केन्द्रीय अनुसन्धान ब्युरोको यही फागुन ८ गतेको आवश्यक कारवाहीका लागि  निर्देशन अनुसार काफ्लेलाई पक्राउ गरिएको  प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। 

पक्राउ गरिएका काफ्लेलाई सुर्खेत जिल्ला अदालतबाट तीन दिन म्याद थपको अनुमति लिइ अनुसन्धान कार्य थालिएको रावलले बताए।

प्रकाशित मिति: ११:३५ बजे, शुक्रबार, फागुन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्