Kathmandu Press

अत्यधिक मदिरा सेवनबाट पाँचको मृत्यु, एक युवक सिकिस्त

धनुषा, फागुन ३० : अत्यधिक मदिरा सेवन गर्दा धनुषामा पाँच जनाको मृत्यु भएको जनाएको छ। एक जना सिकिस्त रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, धुनषाक....

अत्यधिक मदिरा सेवनबाट पाँचको मृत्यु, एक युवक सिकिस्त
सांकेतिक तस्बिर

धनुषा, फागुन ३० : अत्यधिक मदिरा सेवन गर्दा धनुषामा पाँच जनाको मृत्यु भएको जनाएको छ। एक जना सिकिस्त रहेका छन्।

जिल्ला प्रहरी कार्यालय, धुनषाका अनुसार, अत्यधिक मदिरा सेवनबाट क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयाका पाँच जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेका छन्।

तीन जनाको बुधबार र दुई जनाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूसँगै मदिरा सेवन गरेका २७ वर्षीय इन्द्रजीत महरा बिरामी भएका छन्। उनलाई उपचारका लािग धरान लगिएको छ। उनी पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनास्थल पुगेका महेन्द्रनगर इलाका प्रहरी कार्यालयका ईन्स्पेक्टर पप्पु नायकका अनुसार, सुरुआतमा स्थानीय बासिन्दाले कालगतिले मृत्यु भएको खबर गरेका थिए।बिहीबार थप दुई जनाको मृत्यु भएपछि प्रहरी टोलीले अनुसन्धान गरेको थियो। प्रारम्भीक अनुसन्धानमा अत्यधिक मदिरा सेवनले मृत्यु भएको पाइएको इन्स्पेक्टर नायकले बताए।

उनीहरूको शव पोस्टमार्टमका लागि जनकपुर प्रादेशीक अस्पताल लगिएको छ। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १०:२३ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्