Kathmandu Press

मौसम पूर्वानुमान : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू–भागमा अहिले सामान्यतया बदली रहेको ज....

मौसम पूर्वानुमान : चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं, फागुन ३० : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तथा मध्य भू–भागमा अहिले सामान्यतया बदली रहेको जनाएको छ ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा तीन दिन मेघ गर्जन, चट्याङ्ग र असिना हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना भएको र उच्च पहाडी तथा हिमाली भू भागमा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

शुक्रबार

देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरीसहित बर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

शनिबार

देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

आइतबार

देशका अधिकांश भू-भागमा आशिंकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:४९ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्