Kathmandu Press

कोभिड–१९ का कारण भारतमा एक जनाको मृत्यु 

काठमाडौं, फागुन ३० : कोरोना भाइरस ‘कोभिड–१९’ का कारण भारतमा एक जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटक, ....

कोभिड–१९ का कारण भारतमा एक जनाको मृत्यु 

काठमाडौं, फागुन ३० : कोरोना भाइरस ‘कोभिड–१९’ का कारण भारतमा एक जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय पुरुषको मंगलबार निधन भएको हो। कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७४ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ ।

ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन। उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा.सुरेश शास्त्रीले बिहीबार जानकारी दिएका छन्। 

प्रकाशित मिति: ०७:३१ बजे, शुक्रबार, फागुन ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्