सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वराज्यमन्त्री साहलाई पाँच वर्ष जेल सजायको फैसला
काठमाडौं, फागुन २९ : विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।
....
काठमाडौं, फागुन २९ : विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वराज्यमन्त्री सञ्जयकुमार साहलाई पाँच वर्ष कैद सजायको फैसला सुनाएको छ।
बिहीबार विशेष अदालतका न्यायाधीशहरु कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वमन्त्री साहलाई १४ करोड २५ लाख रुपैयाँ बिगो, बिगोको दोब्बर जरिवाना र पाँच वर्ष कैद सजाय हुने फैसला सुनाएको हो।
यसअघि उनलाई फागुन २६ गते विशेष अदालतले पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको अर्को मुद्दामा चार वर्ष कैद १९ करोड ४४ लाख ३८ हजार बिगो र सोही बराबर जरिवाना तिराउने फैसला सुनाएको थियो।
जनकपुर बम काण्डको मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री साहले जन्मकैदको सजाय भुक्तान गरिरहेका छन्।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

