प्रधानमन्त्री ओलीलाई पत्नी राधिकाले भेटिन्
काठमाडौं, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले भेटेकी छिन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मि....

काठमाडौं, फागुन २९ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनकी पत्नी राधिका शाक्यले भेटेकी छिन्।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको पुनः प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई बिहीबार उनकी पत्नी राधिका शाक्यले भेटेकी हुन्। प्रधानमन्त्री ओलीलाई पत्नी राधिकाले दोस्रो भिजिटरका रुपमा भेटेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए।
प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोस्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो,’ सल्लाहकार रिमालले ट्वीटरमा ट्वीट गरेका छन्।सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निरन्तर प्रगति भइरहेको पनि बताएका छन्।
प्रधानमन्त्रीज्यूको स्वास्थ्यमा निरन्तर प्रगति। दोश्रो भिजिटरको रुपमा प्रथम महिला राधिका शाक्यले भेट्नु भयो।
— Bishnu Rimal (@BishnuRimal) March 12, 2020
यसअघि बुधबार आफू डिस्चार्ज हुनुअघि मिर्गौलादाता समीक्षा संग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। प्रधानमन्त्री ओलीले गत फागुन २१ गते मिर्गौलाको पुनः प्रत्यारोपण गराएका थिए।











