आहा रारा गोल्डकप : उपाधिका लागि मनाङ मर्स्याङ्दी र पुलिस क्लब भिड्ने
पोखरा, फागुन २९ : नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ।
बिहीब....

पोखरा, फागुन २९ : नेपाल आर्मीलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ।
बिहीबार पोखरा रंगशालामा भएको सेमिफाइनलमा आर्मीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब उपाधि नजिक पुगेको हो।
खेलको चौथो मिनेटमा विदेशी खेलाडी फ्लोरेन्ट कोरायाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २९ औं मिनेटमा विमल रानाले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाए। खेलको ४१ औं मिनेटमा कप्तान भरत खवासले गोल आर्मीका लागि गोल गर्दै अग्रता २–१ मा झारेका थिए।
पहिलो हाफमा २–१ ले अग्रता लिएको मनाङले खेलको ८१ औं मिनेटमा तेस्रो गोल गरेको थियो। मनाङका लागि अञ्जन विष्टले गोल गरे।
त्यसको दुई मिनेटपछि खेलको ८३ औं मिनेटमा दीप लामाले गोल गर्दै खेल ३–२ मा झारेका थिए। तर, बाँकी समयमा गोल हुन नसकेपछि मनाङ आर्मीमाथि ३–२ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो।
उपाधिका लागि अब मनाङले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ। यसअघि पुलिस थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ।











