मुख्यमन्त्री पोखरेल भन्छन्,‘चुनावमा के भन्नुभयो, त्यो बिर्सनुस्, राजधानी टुंग्याउने गरी छलफल गरौं’
बुटवल, फागुन २९ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
प्रदे....

बुटवल, फागुन २९ : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन्।
प्रदेशसभाको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले सबै ठाउँका नागरिकका आकांक्षा सम्बोधन हुने गरी राजधानीको टुङ्गो लगाउनुपर्ने बताएका हुन्। “राजधानी प्रदेशसभाले तोक्ने हो, चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्, यो अधिवेशनबाट टुङ्ग्याउने गरी छलफल गरौं”, उनले भने।
लुम्बिनी क्षेत्रका नागरिकले राप्ती भेरीको र राप्ती भेरीतर्फका नागरिकले लुम्बिनी क्षेत्रका नागरिकको भावना बुझ्न आवश्यक रहेको बताउँदै उनले आफ्नो ठाउँको कुरा कम गर्न आग्रह गरे।
मुख्यमन्त्री पोखरेलले राज्यको सम्पत्तिलाई दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको बताए। विकास निर्माणका कामसमेत द्रुत गतिमा अघि बढेको जनाउँदै मुख्यमन्त्री पोखरेलले पौने तीन सयको हाराहारीमा सडक कालोपत्र भएका बताए।
बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तुत गरेको स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक र लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवा, शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।को थियो।











