Kathmandu Press

२० हजार रुपैयाँ घुस माग्ने वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं, फागुन २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ का वडा सचिव सुशील ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गर....

२० हजार रुपैयाँ घुस माग्ने वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा
फाइल

काठमाडौं, फागुन २९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ का वडा सचिव सुशील ठाकुरविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जन्मदर्ता प्रमाणितको सिफारिस गर्न सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेको अभियोगमा अख्तियारले ठाकुरविरुद्ध बिहीबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो। ठाकुरलाई अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले घुससहित रंगेहात पक्राउ गरेको थियो। 

सेवाग्राहीलाई नियमानुसार जन्मदर्ता प्रमाणितको सिफारिस उपलब्ध नगराई आफ्नो जिम्मेवारी र पदीय दायित्वको समेत ख्याल नगरी बदनियतपूर्वक रकमको घुस मागेको अभियोग पत्रमा उल्लेख छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।
 

प्रकाशित मिति: १६:२१ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्