चीनबाट सगरमाथा आरोहणमा रोक, नेपालबाट खुल्ला
काठमाडौं, फागुन २९ : चिनियाँ सरकारले तिब्बतबाट सगरमाथा आरोहण गर्नमा रोक लगाएको छ। कोरोना भाइरसको उच्च जोखिमको कारण चीनले यस वर्षको वसन्त ऋतुमा हिमाल आ....

काठमाडौं, फागुन २९ : चिनियाँ सरकारले तिब्बतबाट सगरमाथा आरोहण गर्नमा रोक लगाएको छ। कोरोना भाइरसको उच्च जोखिमको कारण चीनले यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्न नदिने बताएको हो।
अल्पेन्ग्लो अभियानका कार्यकारी प्रमुख एड्रियन बालिङगरले इन्स्टाग्राममा चीनले सगरमाथा बन्द गरेको उल्लेख गरेका छन् । हिमाल आरोहण गराउने अभियानका प्रमुखले
गत हप्ता एबिसी न्यूजसँग सगरमाथाको दुवै छेउमा रहेको आधार शिविरमा प्रकोपको एकदमै जोखिमरहेको बताएका थिए।
चीनतर्फबाट सगरमाथा आरोहण बन्द गरेपनि नेपालमा भने खुल्लै छ। अष्ट्रेलियाको माउन्टेरिङ कम्पनी फर्चेनबकले यसवर्ष नेपालबाट करिब १ सय ५० आरोही सगरमाथा जाने बताएको छ।
प्रतिक्रिया दिनुहोस्
थप समाचार











