Kathmandu Press

भारतमा ७३ जनामा कोरोनाको संक्रमण, विदेशीलाई भिसा दिन बन्द

काठमाडौं, फागुन २९ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बिहीबारसम्म ७३ जनामा संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि भारतले&nb....

भारतमा ७३ जनामा कोरोनाको संक्रमण, विदेशीलाई भिसा दिन बन्द
एजेन्सी

काठमाडौं, फागुन २९ : भारतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। बिहीबारसम्म ७३ जनामा संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि भारतले विदेशी पर्यटकलाई भिसा दिन बन्द गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्वव्यापी महाकारीको घोषणा गरेसँगै भारतले विदेशीलाई भिसा दिन बन्द गरेको हो। अप्रिल १५ सम्म कूटनीतिज्ञ, यून र अन्य संस्थाका प्रतिनिधि, डब्लूएचओका प्रतिनिधिबाहेक अरुलाई भिसा दिन बन्द गरेको हो।

त्यस्तै, अप्रिल १५ सम्मका लागि जारी गरिएका भिसा पनि रद्द गरेको छ। संसारबाट भारतलाई अलग राख्न भिसा दिन बन्द गर्नुपरेको जनाएको छ।

अप्रिल १५ सम्म कोही पनि हवाइ मार्गबाट भारत प्रवेश गर्न पाउनेछैनन्। त्यतिञ्जलेसम्म आफ्ना नागरिकलाई पनि विदेश भ्रमण नगर्न भारतले आग्रह गरेको छ।

अब एक महिनासम्म कुनै पनि विदेशीले भारत प्रवेश गर्न पाउनेछैनन्। जसले व्यापार, व्यवसायसँगै खेलकुद प्रतियोगिता पनि प्रभावित हुनेछ। आईपीएल खेल्ने विदेशी खेलाडीले पनि एक महिनासम्म भिसा पाउनेछैनन्।

त्यस्तै, चीन, इटाली, इरान, दक्षिण कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट आउने सबैले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। ति देश भ्रमण गरेर आएका भारतीय नागरिकले पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नेपर्ने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ।

भारतमा बिहीबारसम्म ७३ जनामा कोरोना भाईरस संक्रमण भएको पाइएको छ। विभिन्न विमानस्थलमा १० लाख ५७ हजार पाँच सय ६ जनाको स्क्रिनिङ गरिएको जनाएको छ। त्यसमा ७३ जना संक्रमित भेटिएका हुन्।

भारतीय विदेश मन्त्रालयका अनुसार, दिल्लीमा ६, हरियाणामा १४, दक्षिण भारतको केरला, तामिल नाडु र तेलंगामा १७, राजिस्तानमा एक, उत्तर प्रदेशमा १०, महाराष्ट्रमा ११ तथा जम्मु र कश्मीरमा तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

 

 

प्रकाशित मिति: १४:०७ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्