Kathmandu Press

वीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने

सुर्खेत, फागुन २९ : कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ। यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा....

वीरेन्द्रनगरले फोहरबाट ऊर्जा उत्पादन गर्ने

सुर्खेत, फागुन २९ : कर्णाली प्रदेशमै पहिलोपटक वीरेन्द्रनगर नगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी थालेको छ। यसका लागि नगरपालिका, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र केपी व्यावसायिक सेवा प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ। 

कूल ३० टन क्षमताको परियोजनाबाट दैनिक ७२० केजी प्रशोधित बायोग्यास तथा नौ मेट्रिक टन जैविक मल उत्पादन गर्ने लक्ष्य राखिएको छ। उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिनेछ। यसबाट वीरेन्द्रनगरका करिब १३ सय घरधुरी लाभान्वित हुनेछन्। 

विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भइसकेको छ। नगर प्रमुख देवकुमार सुवेदीले जग्गासहित अन्य आधारभूत पूर्वाधारको व्यवस्थापन भइसकेकाले एक वर्षभित्रै परियोजना सम्पन्न हुने बताए।

“फोहरको वर्गीकरण गरेर एकै ठाउँबाट बायोग्यास र जैविक मल उत्पादन गरिनेछ, वीरेन्द्रनगर–११ सिमलकुनामा सञ्चालित गौशालाबाट बायोग्यास उत्पादन हुनेछ”, उनले भने। परियोजना निर्माणबाट कर्णालीलाई अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको लक्ष्यमा समेत सहयोग पुग्ने बताइएको छ।

नगरपालिकाका अनुसार परियोजना सञ्चालन गर्न १४ करोड १५ लाख ६२ हजार रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
    
परियोजनाबाट नगर सफा राख्न सघाउ पु¥याउनुका साथै छाडा चौपाया व्यवस्थापन, पशु बधशालाबाट उत्पन्न हुने फोहर व्यवस्थापनमा समेत मद्दत पुग्ने नगरपालिकाको अपेक्षा छ। रासस

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्