Kathmandu Press

हलिउड अभिनेता टम ह्याङ्क्स दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २९ : हलिउड अभिनेता एवं निर्माता टम ह्याङ्क्स दम्पत्तीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

बिहीबार उनले सामाजिक सञ्जालमा पोस्ट ....

हलिउड अभिनेता टम ह्याङ्क्स दम्पत्तीलाई कोरोना संक्रमण

काठमाडौं, फागुन २९ : हलिउड अभिनेता एवं निर्माता टम ह्याङ्क्स दम्पत्तीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

बिहीबार उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफूलाई कोरोना भाइरस संक्रमण भएको जनाएका छन्। उनकी पत्नी एवं बलिउड अभिनेत्री रिता विल्सनलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।

टम दम्पत्ती अस्ट्रेलिया भ्रमणमा छन्। फिल्मको प्रि–प्रोडक्सनको कामले उनीहरू अस्ट्रेलिया गएका थिए। त्यहि रहेका वेला कोरोना भाइरसको संक्रमण भएको एजेन्सीको रिपोर्टमा जनाइएको छ।

चिकित्सकले जाँच गरेको र त्यसमा कोरोना भाइरसको संक्रमण देखिएको उनले जनाएका छन्। अहिले चिकित्सककै निगरानीमा आइसोलेसनमा बसिरहेको टमले बताएका छन्।

 

प्रकाशित मिति: ११:४९ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्