कोरोनाकाे प्रभाव : कुवेतमा शुक्रबारदेखि व्यावसायिक उडान स्थगित, १४ दिन सार्वजनिक बिदा
काठमाडौं, फागुन २९ : कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्री परिषदले शुक्रबार मध्यरातदेखि सबै उडान स्थग....

काठमाडौं, फागुन २९ : कुवेत सरकारले सबै व्यावसायिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ। कुवेतको मन्त्री परिषदले शुक्रबार मध्यरातदेखि सबै उडान स्थगित गर्ने भनिएपनि कहिलेसम्मलाई स्थगित गर्ने भनी खुलाएको छैन।
साथै, निजी तथा सरकारी कर्मचारीलाई १४ दिनको सार्वजनिक बिदा दिएको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि १२ देखि २६ मार्चसम्म बिदा दिने घोषणा गरेको हो।
कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न कुवेतले पार्टी, भेला, सम्मलेन तथा भीडभाड नगर्न , होटल, क्याफे, हल, सपिङसेन्टर, बैंकलगायतका संस्थाहरु बन्द गर्न निर्देशन दिएको छ।
कुवेतमा हालसम्म ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रकाशित मिति: ११:४५ बजे, बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











