Kathmandu Press

ओखलढुंगामा जिप दुर्घटना, ११ जना घाइते

ओखलढुंगा, फागुन २९ : वीरगञ्जबाट ओखलढुंगातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

बिहीबार बिहान प्रदेश नं ३–०१....

ओखलढुंगामा जिप दुर्घटना, ११ जना घाइते

ओखलढुंगा, फागुन २९ : वीरगञ्जबाट ओखलढुंगातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

बिहीबार बिहान प्रदेश नं ३–०१०२२ च ३१८३ नम्बरको जिप मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेमा दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार जिपमा रहेका १२ मध्ये ११ जना घाइते भएका छन्। साथै, चार जनाको अवस्था गम्भीर रहेको छ।

घाइतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर रहेका चार जनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

जिप सडकबाट करीब १ सय ५० मिटर तल खसेको छ।

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्