Kathmandu Press

अमेरिकाले गर्‍यो युरोपका २६ देशमा हवाइ यात्रा प्रतिबन्ध

काठमाडौं, फागुन २९ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन अमेरिकाले युरोपका २६ देशमा हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ।

गएराति अमेरिकी राष्ट्रपति....

अमेरिकाले गर्‍यो युरोपका २६ देशमा हवाइ यात्रा प्रतिबन्ध

काठमाडौं, फागुन २९ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन अमेरिकाले युरोपका २६ देशमा हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ।

गएराति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनमा सम्बोधन गर्दै बेलायतबाहेक युरोपका सबै देशमा हवाइ यात्रा रोकिएको जनाएका छन्। ति देशबाट अमेरिका आउन पाउने छैनन्। यो आगामी ३० दिनसम्म लागू हुने जनाएको छ।

यसमा युरोपियन देशका राजदूतहरूले आपत्ति जनाएका छन्। उनीहरूले आफूलाई जानकारी समेत नदिएको प्रतिक्रिया दिएका छन्। राष्ट्रपति ट्रम्पले टेलिभिजनबाट बोलेपछि मात्रै राजदूतहरूले हवाइ यात्रामा रोक लगाएको जानकारी पाएका थिए।

यतिवेला युरोपमा कोरोना भाइरसको संक्रमण फैलिएको छ। अमेरिकामा पनि यसले प्रकोपको रुप लिएको छ।

बिहीबार बिहानसम्म कोरोना भाइरसबाट चीनलगायत विभिन्न देशमा चार हजार ६ सय ३४ जनाको मृत्यु भएको छ। एक लाख २६ हजार तीन सय ८० जना बिरामी परेका छन्। जसमध्ये ६८ हजार तीन सय सात जना निको भएका छन्।

सबैभन्दा बढी चीनमा ८० हजार सात सय ९६ जनामा संक्रमण देखिएको छ भने तीन हजार एक सय ६९ जनाको मृत्यु भएको छ।

त्यस्तै, इटालीमा १२ हजार चार सय ६२ जनामा संक्रमण देखिएको छ भने आठ सय २७ जनाको मृत्यु भएको छ। इरानमा नौ हजार बिरामी भएका छन् भने तीन सय ५४ जनाले ज्यान गुमाइसकेका छन्।

यसैगरी, दक्षिण कोरियामा सात हजार आठ ६९, फ्रान्समा दुई हजार दुई सय ८१, स्पेनमा दुई हजार दुई सय ७७, जर्मनीमा एक हजार नौ सय ६६, अमेरिकामा एक हजार तीन सय २९, स्वीट्जरल्यान्डमा ६ सय ५२, जापानमा ६ सय ३९, नर्बेमा ६ सय २९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

दक्षिण कोरियामा ६६, जापानमा ४८, स्पेनमा ५५, जर्मनीमा तीन, अमेरिकामा ३८, स्वीट्जरल्यान्डमा चार र जापानमा १६ जनाले ज्यान गुमाइसकेका छन्।

विश्व स्वास्थ्य संघले काेराेना भाइरसकाे संक्रमणलाई विश्वव्यापी महामारी घाेषणा गरिसकेकाे छ। यसबाट अहिले संसारका ११ देश नराम्री प्रभावित भएका छन्।

प्रकाशित मिति: ११:०९ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्