Kathmandu Press

कालापानीबाट भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुँदै

काठमाडौं, फागुन २९ : दार्चुलाको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन माग गर्दै प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्ताव आज पेश हुने भएको छ।

<....
कालापानीबाट भारतीय सेना हटाउन संकल्प प्रस्ताव पेश हुँदै
फाइल फाेटाे

काठमाडौं, फागुन २९ : दार्चुलाको कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन माग गर्दै प्रतिनिधिसभामा दर्ता भएको संकल्प प्रस्ताव आज पेश हुने भएको छ।

सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव पेश गर्न लागेका हुन्। उनले चार महिना अघि प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका थिए। यसको समर्थनमा सांसद रामकुमारी झाक्री रहेकी छन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। बैठकमा संकल्प प्रस्ताव पेश गर्न लागेको सांसद अधिकारीले बताए।

प्रस्तावमा कालापानी क्षेत्रबाट भारतीय सेना हटाउनु पर्ने र भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रको भूमि फिर्ता गर्नुपर्ने माग गरिएको छ। सरकारले यसमा कूटनीतिक पहल गरिरहेको जनाउँदै आएको छ।

भारतले कालापानीसहितको क्षेत्र समेटेर नक्सा जारी गरेपछि विवाद बढेको हो। भारतले भने पूरानै नक्सा भएको र नेपालको भूभाग नमिचेको दाबी गर्दै आएको छ।

 

प्रकाशित मिति: १०:१२ बजे, बिहीबार, फागुन २९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्