Kathmandu Press

विश्वका आधाभन्दा धेरै कोरोना भाइरसका संक्रमित निको भए

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभरि बढ्दो छ। तर बिरामी निको हुने क्रम पनि बढिरहेको छ।

विश्वभर ५० हजारभन्दा धेरै संक्रमित निको भएको जोन हप्किन्स....

विश्वका आधाभन्दा धेरै कोरोना भाइरसका संक्रमित निको भए

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभरि बढ्दो छ। तर बिरामी निको हुने क्रम पनि बढिरहेको छ।

विश्वभर ५० हजारभन्दा धेरै संक्रमित निको भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ। फ्लुजस्तो यो रोग डिसेम्बरदेखि सुरू भएको हो।

Hardik ivf

विश्वविद्यालयले जनाए अनुसार बुधबारसम्म ९४ हजारभन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण भएको थियो। तीमध्ये ५१ हजारभन्दा धेरै निको भएका छन्। त्यसमा पनि बहुसंख्यक चीनमा छन्।

अहिलेसम्म अमेरिका लगायत ७३ देशमा कोभिड १९ पनि भनिने उक्त भाइरस देखा परेको विश्वविद्यालयले जनाएको छ। इरानमा फेला परेका २९ सय २२ जना संक्रमितमध्ये ५५२ जना निको भएका छन्। अमेरिकामा १२६ जना संक्रमित भेटिएका छन्। तर त्यहाँ बिरामीको निको हुने दर खुलेको छैन।

गम्भीर स्वास्थ्य समस्या नभएका र जवान व्यक्ति चाँडै निकै हुने अपेक्षा गरिएको नेश्नल  इन्स्टिच्यूट अफ एलर्जी एन्ड इन्फेक्सियस डिजिजेजका निर्देशक डा. एन्थोनी फोसीले बताए।

“२५ वर्षे व्यक्ति पनि गम्भीर रूपमा बिरामी परेको देख्न सकिन्छ। तर अधिकांश बिरामीलाई पहिले नै गम्भीर समस्या भएको देखिएको छ,” फोसीले भने।
 

प्रकाशित मिति: ०७:३२ बजे, बिहीबार, फागुन २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्