Kathmandu Press

कांग्रेस नेता पूर्णकुमार शेर्माको निधन

काठमाडौं, फागुन २८ : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। 

दुवै मिर्गौलाले काम....

कांग्रेस नेता पूर्णकुमार शेर्माको निधन

काठमाडौं, फागुन २८ : नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। 

दुवै मिर्गौलाले काम गर्न छोडेपछि लामो समयदेखि थला परेका शेर्माको बुधबार दिउँसो काठमाडौंको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

कांग्रेस नेता शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए। २००० साल असोज १२ मा पाँचथरको मिल्लाजुङ गाउँपालिका–२ सराङडाँडामा जन्मिएका शेर्मा दुई पटक कांग्रेस पाँचथरको सभापति भएका थिए। 

कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शेर्माका दुई श्रीमती, दुई छोरा र पाँच छोरी छन्।
 

प्रकाशित मिति: १९:२३ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्