ताक्लाकोटमा एक नेपालीको मृत्यु
डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।
सिमकोट, (हुम्ला) माघ ४ : चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ।
डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो।
हृदयघातका कारण माघ २ गते मृत्यु भएका उनको शव आज हिल्सा हेलिकोप्टरमार्फत ल्याइएको निजका आफन्त कुमार भण्डारीले राससलाई बताए।
हुम्लाबाट नेपालगञ्ज हुँदै निजको शव डोटी पुर्याइने भण्डारीले जानकारी दिए।
प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, माघ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
