Kathmandu Press

पर्वतकुमार कार्की बने नागरिक लगानी कोषको कार्यकारी निर्देशक

बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
पर्वतकुमार कार्की बने नागरिक लगानी कोषको कार्यकारी निर्देशक

काठमाडौं, माघ ३ : पर्वतकुमार कार्की नागरिक लगानी कोषको कार्यकारी निर्देशक बनेका छन्।

बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  

यस्तै, बैठकले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धकमा किरणबाबु पुनलाई र नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई मनोनयन गर्ने निर्णय गरेको उनले बताइन्।

डा. रवि मल्ललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरिएको पनि मन्त्री शर्माले जानकारी दिइन्।

प्रकाशित मिति: १८:५५ बजे, बुधबार, माघ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्