पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मञ्चले पिपल्स च्वाइस अवार्ड अन्तर्गत पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो।काठमाडाैं, माघ ३ : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच मञ्चले पिपल्स च्वाइस अवार्ड अन्तर्गत पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो। जसअनुसार फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, शारीरिक सुगठनकी रजनी श्रेष्ठ र टेबल टेनिसकी सिक्का सुवाल रहेको मञ्चका महासचिव प्रज्वल वलीले जानकारी दिए।
पिपल्स च्वाइस अवार्डको विजेता मञ्चमा आवद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई सेवाको भोटिङबाट चूनिने महासचिव वलीले बताए। ईसेवाको मतभार ५० प्रतिशत, सामाजिक सञ्जालको मतभार २५ प्रतिशत, नेपाल ओलम्पिक कमिटिमा आवद्ध २७ राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र मञ्चका सदस्यको मतभार १२.५ प्रतिशत हुने उहाले जानकारी दिए।
आगामी माघ २८ गते हुने पल्सर स्पोर्ट्स अवार्डको अन्य विधामा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट युवा खेलाडी र पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन्। वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेताले पाँच वटा बजाज पल्सर मोटरसाइकल पाउने मञ्चले जनाएको छ।