Kathmandu Press

अपहरणको नाटक गर्ने मुकेश फिरौती रकमसहित पक्राउ

विराटनगर, फागुन २८ : आफू अपहरणमा परेको भन्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीका ....

अपहरणको नाटक गर्ने मुकेश फिरौती रकमसहित पक्राउ

विराटनगर, फागुन २८ : आफू अपहरणमा परेको भन्दै फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको बूढीगङ्गा गाउँपालिका–३ बाँसबारीका २४ वर्षीय मुकेशकुमार महतो पक्राउ परेका हुन्।

यही फागुन २३ गते आफू अपहरणमा परेको र सकुशल फिर्ता हुन ३० लाख रुपैयाँ चाहिने भन्दै बुबा शिवनारायण महतोको मोबाइलमा फोन आएको जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । शिवनारायणले २१ लाख रुपैयाँ फिरौती दिए पनि प्रहरीले अनुसन्धान जारी राखेको थियोा। अनुसन्धानको क्रममा अपहरणको नाटक रच्ने मुकेशलाई प्रहरीले फागनु २६ गते सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको हो। 

फिरौती रकमसहित बूढीगङ्गा गाउँपालिका–३ निवासी २५ वर्षीय कृष्ण राजवंशीलाई प्रहरीले पक्राउ गरेको थियो। अपहरणको नाटक गर्ने योजनाकारसहित कृष्ण राजवंशीलाई जिल्ला प्रहरी कार्यालयले बुधबार पत्रकारसमक्ष सार्वजनिक गरेपछि तथ्य बाहिर आएको हो। प्रहरीले कृष्णबाट नगद १६ लाख ५३ हजार रुपैयाँ तीन लाख रुपैयाँको चेक पनि बरामद गरेको छ।

पक्राउ परेकामाथि कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रकाशित मिति: १७:५० बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्