प्रतितोला १२ सय रुपैयाँ घट्यो सुनको मूल्य
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौं, माघ ३ : केही दिनयता निरन्तर घटिरहेको सुनकोृ मूल्य बुधबार पनि घटेको छ। बुधबार सुनको मूल्य प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
बुधबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ घटेको छ। बुधबार चाँदी प्रतितोला एक हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:५५ बजे, बुधबार, माघ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












