Kathmandu Press

डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई सोधिन्- मामा तपाईंलाई कस्तो छ?

काठमाडौं, फागुन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले भेटेकी छिन्। 

बुधबार आफू अस्पतालबाट डिस्....

डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई सोधिन्- मामा तपाईंलाई कस्तो छ?

काठमाडौं, फागुन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौलादाता समीक्षा संग्रौलाले भेटेकी छिन्। 

बुधबार आफू अस्पतालबाट डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन्। मिर्गौलाको पुनः प्रत्यारोण गराएपछि प्रधानमन्त्री ओलीलाई भेट्ने पहिलो आगन्तुक मिर्गौलादाता समीक्षा नै भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

भेटमा समीक्षाले प्रधानमन्त्री ओलीलाई अहिले कस्तो छ मामा ? भनेर सोधेको प्रेस सल्लाहकार थापाले जानकारी दिए। थापाका अनुसार जवाफमा प्रधानमन्त्री ओलीले आफू निको हुँदै गएको बताएका थिए।  प्रधानमन्त्री ओलीले भान्जी समीक्षालाई आफूलाई मिर्गौला दिएकोमा धन्यवाद पनि दिएका थिए। 

प्रधानमन्त्री ओलीको अघिल्लो बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौलाको पुनः प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि भान्जी समीक्षाले बायाँतर्फको मिर्गौला दान गरेकी थिइन्। 

समीक्षा पूर्णरुपमा स्वस्थ्य भएर डिस्चार्ज भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 
 

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, फागुन २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्