Kathmandu Press

शेयर बजार ६ महिनायताकै उच्च, ८ अर्ब बढीको कारोबार

कारोबार रकम पनि ८ अर्ब नाघेको छ। यो कारोबार रकम करिब दुई वर्ष अर्थात २०७८ माघ २० यताकै उच्च हो। नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो।
शेयर बजार ६ महिनायताकै उच्च, ८ अर्ब बढीको कारोबार

काठमाडौं, माघ २ : सेयर बजार परिसूचक नेप्से झण्डै ६ महिनायताकै उच्च विन्दुमा पुगेको छ। मंगलबार अघिल्लो कारोबार दिनको तुलनामा २.५७ प्रतिशतले बजार बढेको छ।

५४.५ अंक बढेर नेप्से २१७५ विन्दुमा कायम भएको छ। नेप्सेको यो अंक साउन ८ यताकै उच्च हो।

Hardik ivf

कारोबार रकम पनि ८ अर्ब नाघेको छ। यो कारोबार रकम करिब दुई वर्ष अर्थात २०७८ माघ २० यताकै उच्च हो। नेप्सेमा २०७८ माघ २० यताकै उच्च कारोबार भएको हो। त्यो दिन ८ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।

कुल २१४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने २ को स्थिर रह्यो । आज सबै समूहहरु बढेका छन् । बैंकिङ २।०३, विकास बैंक २।६३, फाइनान्स ४।७५, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर ३.५१, लगानी ३।७०, जीवन बीमा १.७८, उत्पादन २।४९, माइक्रोफाइनान्स ३.०२, निर्जीवन बीमा १.९२, अन्य २.६२ र ब्यापार समूह २.१५ प्रतिशत बढेको छ।

मंगलबार बुटवल पावर कम्पनी, युनाइटेड मोदी, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, नेपाल वेयरहाउजिङ, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, माथिल्लो तामाकोसी, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, तेह्रथुम पावर र सामुदायिक लघुवित्तको मूल्य १० प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, निफ्रा, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दोलखा हाइड्रोपावर र अपी पावर अगाडि रहे। ८ अर्ब २ करोड रुपैयाँको सेयर कारोबारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ।

यो कम्पनीको सबैभन्दा धेरै २८ करोड ३१ लाख रुपैयाँको सेयर किनबेच भएको हो। यस्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २३ करोड २६ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको २१ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ।

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, माघ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्