Kathmandu Press

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज

काठमाडौं, फागुन २८ :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छिन्। 

संग्रौल....

प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला डिस्चार्ज

काठमाडौं, फागुन २८ :  प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छिन्। 

संग्रौलालाई अस्पतालले बुधबार अपरान्ह डिस्चार्ज गरेको प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। 

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमालले ट्वीटरमा ट्वीट गर्दै भनेका छन्,‘सम्माननीय प्रधानमन्त्रीज्यूको मिर्गौला दाता भान्जी समीक्षा संग्रौला स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। भावी आरोग्य जीवनको लागि हार्दिक शुभकामना!’

डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन्। भेटमा प्रधानमन्त्री ओलीले भान्जी समीक्षालाई धन्यवाद दिएका थिए। 
 
प्रकाशित मिति: १६:५० बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्