गीता हातमा लिएर कसम खाँदै कमल थापाले भने- अब राप्रपा फुट्न दिन्नँ
काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब एकीकृत पार्टीलाई फुट्न नदिने बताएका छन्।
राप....

काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अब एकीकृत पार्टीलाई फुट्न नदिने बताएका छन्।
राप्रपा र राप्रपा (संयुक्त) बीचको पार्टी एकता घोषणा सभालाई बुधबार सम्बोधन गर्दै थापाले आफूले पार्टीलाई फुटको दिशामा जान कहिल्यै नदिने बताएका हुन्।
हिन्दू धार्मिक ग्रन्थ गीता हातमा लिएर अध्यक्ष थापाले भने,‘ अब यसको कसम खान्छु पार्टीलाई फुट्न र फुटाउन दिने छैन।’ अध्यक्ष थापाले विगतका तीता मिठा घटना बिर्सिएर सबै अघि बढ्नुको विकल्प नभएको बताए।
‘हामी सबै विगतका घटनाबाट पाठ सिक्दै अघि बढ्नुपर्छ। अबका दिनमा हामी आग्रहपूर्वाग्रह नराखेर अघि बढ्यौ भने हामीले लक्ष्यमा पुग्न सक्छौं,’ थापाले भने।
थापाले सामूहिक नेतृत्वको भावना अनुसार नेतादेखि कार्यकर्ता सबै अघि बढ्नु पर्ने बताए।
‘हामी पटक–पटक फुट्यौ र जोडियौं। अब भने हामी नफुट्ने गरी जोडिएका छौं,’ थापाले भने,‘अब कसैले पनि शंका नगर्नुस् हामी फुट्दैनौं, मिलेर अघि बढ्छौं।’











