भारतीय सेना दिवस : राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीद्वारा शुभकामना व्यक्त
सशस्त्र बलका सर्वोच्च कमाण्डरसमेत रहेकी राष्ट्रपतिले भारतीय सेनालाई सम्बोधन गर्दै सेना दिवस २०२४ को अवसरमा भारतीय सेनालाई बधाई दिएकी हुन्।नयाँदिल्ली, माघ १ : भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले जनवरी १५ मा सेना दिवसको अवसरमा भारतीय सेनालाई शुभकामना व्यक्त गरेका छन्।
सशस्त्र बलका सर्वोच्च कमाण्डरसमेत रहेकी राष्ट्रपतिले भारतीय सेनालाई सम्बोधन गर्दै सेना दिवस २०२४ को अवसरमा भारतीय सेनालाई बधाई दिएकी हुन्।
राष्ट्रपति मुर्मुले आफ्नो शुभकामना सन्देशमार्फत भारतीय सेनाले देशको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खलेको बताएकी छन्। उनले भनिन्, 'भारतीय सेनाले द्वन्द्व, आतङ्कवाद विरोधी कारबाही, राष्ट्रिय प्रकोप र अन्य प्रकोपहरूमा सधैँ व्यावसायिकता प्रदर्शन गरेको छ।' भारतीय सेनाले प्रदर्शन गरेको अनुकरणीय नेतृत्व र निस्वार्थ समर्पण प्रशंसनीय रहेको उनको भनाइ छ।
राष्ट्रपति मुर्मुले आफ्नो सन्देशमा राष्ट्रको सेवामा आफ्नो जीवन बलिदान गर्ने बहादुरहरूको बलिदानलाई सधै सलाम गर्ने बताएका छन्।
सोमबार प्रधानमन्त्री मोदीले सेनालाई बधाई दिँदै उनीहरू शक्ति र लचिलोपनका स्तम्भ भएको बताएका छन्। उनले भारतीय सेनालाई शुभकामना सन्देशमार्फत द्वन्द्व र विपत्तिको समयमा सेनाले खेलेको भूमिकाको प्रशंसा गरे।
बाहिरी खतराहरूसँग लड्ने तथा प्राकृतिक प्रकोपको समयमा सहयोग गर्न भारतीय सेनाले साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको प्रधानमन्त्री मोदीले बताएका छन्। यसै सन्दर्भमा उनले अनुशासित र शक्तिशाली बलका रूपमा भारतीय सेनाले विश्वमा आफ्नो नाम कमाएको उल्लेख गरे।
प्रधानमन्त्री मोदीले सेना दिवसमा आयोजित सामारोहलाई सम्बोधन गर्दै सेनाको असाधारण साहस, अटुट प्रतिबद्धता र बलिदानलाई सम्मान गर्ने बताएका छन्। भारतको राष्ट्रियताको रक्षा गर्न सार्वभौमिकता कायम राख्न सेनाको अथक समर्पण र बहादुरीको प्रमाण भएको उनकाे भनाइ थियाे।
सन् १९४९ को अन्तिममा ब्रिटिस कमान्डर–इन–चिफ जनरल फ्रान्सिस रोय बुचरबाट जनरल केएम करिअप्पाले भारतीय सेनाको कमाण्ड सम्हालेको अवसरमा हरेक वर्ष जनवरी १५ लाई सेना दिवसको रूपमा मनाइन्छ।