Kathmandu Press

संविधानले दिएको अधिकार महिलाहरुले लिन सक्नुपर्छ : उपसभामुख राना

सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे संकराती विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन्।
संविधानले दिएको अधिकार महिलाहरुले लिन सक्नुपर्छ : उपसभामुख राना

उदयपुर, माघ १ : प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले संविधानले दिएको अधिकार महिलाहरुले लिन सक्नुपर्ने बताएकी छन्।

सोमबार उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा नेपाल मगर संघ नगर कमिटीले आयोजना गरेको माघे संकराती विशेष कार्यक्रमलाइ सम्बोधन गर्दै उपसभामुख मगरले महिलाले नै महिलाको अधिकार लिन नसकेको बताएकी हुन्।

अहिले संबिधानमा ३३ प्रतिशत महिलाको ब्यबस्था गरिएको भएपनि सबै महिला रबरस्टाम जस्तै बन्दा आफ्नो अधिकार प्राप्त हुन नसकेको उनले बताइन्। उनले अधिकार कसैले पनि ल्याएर नदिने भन्दै आफ्नो अधिकार आफैले लडेर ल्याउनुपर्नेमा जोड दिइन्। उपसभामुख रानाले संबिधानले दिएको हक अधिकार सुनिश्चित गर्न पनि सबै बर्ग सबै समुदाय एक भएर लड्नु पर्ने जिकिर गरिन्।

उदयपुरमा मगर संघले माघी अर्थात मगर संकरातीको उपलक्ष्यमा हुर्रा नृत्यदेखि विविध कार्यक्रमको आयोजना गरेर पर्व मनाएका थिए भने किरात समुदायले शुभकामना आदानप्रदानलको कार्यक्रमको आयोजना गरेर यलेसम्वत ५०८४ मनाएका थिए।

प्रकाशित मिति: १६:५७ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्