Kathmandu Press

६ महिनामा सरकारले उठायो लक्ष्यको ७७ प्रतिशत मात्रै राजस्व

पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो, तर, त्यसको ७७ प्रतिशत संकलन भएको अर्थमन्त्रालयले जनाएको छ।
६ महिनामा सरकारले उठायो लक्ष्यको ७७ प्रतिशत मात्रै राजस्व

काठमाडौं, माघ १ : चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ।

पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो, तर, त्यसको ७७ प्रतिशत संकलन भएको अर्थमन्त्रालयले जनाएको छ।

Hardik ivf

पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ। यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुन्छ ।

सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो । तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ।

सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ  यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो।

प्रकाशित मिति: १२:५५ बजे, सोमबार, माघ १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्