राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण
काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (संयुक्त)बीच एकीकरण भएको छ। बुधबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर एकीक....

काठमाडौं, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा (संयुक्त)बीच एकीकरण भएको छ। बुधबार राष्ट्रिय सभागृहमा कार्यक्रम आयोजना गरेर एकीकरणको घोषणा गरिएको छ।
दुवै पार्टीबीच एकीकरणपछि नयाँ नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ। एकीकरणमा दुवै पार्टीका अध्यक्षले आधारपत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापा तथा राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्।
दुवै पार्टीका अध्यक्षबीच शनिबार एकीकरणसम्बन्धी १० बुँदे आधार पत्रमा हस्ताक्षर भएको थियो। त्यसको आज घोषणा गरिएको हो। अब राप्रपामा तीन अध्यक्ष रहनेछन्।











