गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल : पर्यटन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद्वारा अस्वीकृत
काठमाडौं, फागुन २८ : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान शुरु गर्ने एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले दिने भनेको सुविधा नपाउने भएको छ। विमानस....

काठमाडौं, फागुन २८ : गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान शुरु गर्ने एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणले दिने भनेको सुविधा नपाउने भएको छ। विमानस्थलमा दिने भनिएको छुट प्रस्ताव मन्त्रिपरिषदको विधायन समितिले अस्वीकृत गरेसँगै एयरलाइन्सले सुविधा नपाउने भएको हो।
सन् २०२० भित्रै सञ्चालनमा ल्याउने भनिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान शुरु गर्ने वायुसेवा कम्पनीलाई विशेष छुटको व्यवस्था हुने संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भटराईले बताउँदै आएका थिए।
तर पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा दर्ता गराएको उक्त प्रस्ताव अस्वीकृत भएको मन्त्रालय स्रोतले जनाएको छ। पर्यटन मन्त्रालयले नागरिक उडड्यन प्राधिकरणले विमानस्थलमा उडान सुरू गर्ने एयरलाइन्सलाई ल्यान्डिङ, पार्किङ, नेभिगेसन तथा अन्य शुल्कमा एक वर्षसम्म शत प्रतिशत छुट र अर्को वर्ष वर्ष ५० प्रतिशत छुट दिने प्रस्ताव मन्त्रालयमा पठाएको थियो। मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा दर्ता गराएको थियो।
मन्त्रालयले पेश गरेको प्रस्ताव अनुसार विमानस्थलमा एयरलाइन्सले आफैं ग्राउन्ड ह्यान्डलिङ सेवा सञ्चालन गर्न पाउने, ह्यांगर बनाउने जग्गाको भाडा पाँच वर्षलाई छुट दिने, फ्लाइट क्याटरिङ गर्न चाहेमा विमानस्थलले जग्गा उपलब्ध गराउनेलगायतका विभिन्न छुटहरु दिइएको थियो।











