बर्दियामा आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु
आइतबार बिहान ३ बजे मधुवनी नगरपालिका-४ बसन्ता भुल्लनचोकमा आगोले जलेर स्थानीय ८७ वर्षीया चिन्की थरुनीको मृत्यु भएको हाे।
काठमाडौं, पुस २९ : बर्दियामा आगो ताप्ने क्रममा जलेर एक महिलाको मृत्यु भएको छ।
आइतबार बिहान ३ बजे मधुवनी नगरपालिका-४ बसन्ता भुल्लनचोकमा आगोले जलेर स्थानीय ८७ वर्षीया चिन्की थरुनीको मृत्यु भएको हाे। आफ्नै बरण्डामा आगो ताप्ने क्रममा उनी जलेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ।
लुगामा आगो सल्किएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीकाे भनाइ छ। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ्।
प्रकाशित मिति: १५:४० बजे, आइतबार, पुस २९, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार