तस्बिरमा तरूल व्यापार
जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्धत गर्ने चिकित्सकहरुको भनाइ छ।
काठमाडाैं, पुस २९ : माघेसंक्रान्तिका अवसरमा तरुलको व्यापार बढेको छ। माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ। संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्। जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्धत गर्ने चिकित्सकहरुको भनाइ छ। त्यस्तै श्वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त मानिन्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुने गरेको छ।
काठमाडौँ कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल। अहिले व्यापारीले एक ढकको पाँच सय रुपैयाँदेखि तरुलको जात अनुसारको थोक मूल्यमा बिक्री भएको बताएका छन्। तस्बिर : हरिराम भेटुवाल/रासस
-1705224461.jpg?timestamp=1705224519424)
हेटौंडा उपमहानगरपालिका–४ स्थित खोपेगल्ली तरकारी बजारमा विभिन्न जातका तरुल किन्दै ग्राहक। यस वर्ष तरुलको मूल्य रु. १०० देखि १५० सम्ममा बिक्री भइरहेको छ। तस्बिर : मणिराज गौतम/रासस
-1705224461.jpg?timestamp=1705224581928)
दाङको घोराही बजारमा बिक्रीका लागि राखिएको तरूल। विशेषगरी माघेसंक्रान्तिको दिन तरूल खाने प्रचलन छ।
तस्बिर : सुशीला ओली/रासस
-1705224461.jpg?timestamp=1705224627961)
माघेसंक्रान्ति नजिकिँदै गर्दा दमक चोकमा शनिबार बिहान बिक्रीका लागि राखिएको तरूल। तस्बिर : यज्ञराज आङदेम्बे/रासस
-1705224463.jpg?timestamp=1705224657979)
दाङको घोराही उपमहानगरपालिका( १५ न्यूरोडस्थित तरकारी पसलमा माघे सङ्क्रान्तिका लागि बेच्न राखिएको तरुल, सखरखण्ड। तस्बिरः कुलदीप न्यौपाने/रासस
-1705224460.jpg?timestamp=1705224700954)
सुनसरीको इनरुवास्थित बिहीबारे हटियामा बिक्री गर्न राखिएको तरुल। तरुल स्थानीय बजारमा प्रतिकिलो रु ४० देखि रु ५० बिक्री भइरहेको व्यापारी बताउँछन्। तस्बिरः नवीन गड्तौला/रासस
-1705224460.jpg?timestamp=1705224720435)
बुटवल उपमहानगरपालिका(६ स्थित ट्राफिकचोकको सडक छेउमा माघे सङ्क्रान्तिलाई लक्षित गरी आइतबार बिक्रीका लागि राखिएको तरुल, सख्खरखण्ड खरिद गर्दै सर्वसाधारण। तस्बिर : सुमित्रा अधिकारी/रासस












