Kathmandu Press

कालीमाटी तरकारी बजारमा तरुलको व्यापार बढ्याे

कालीमाटी तरकारी बजारमा तरुलको व्यापार बढ्याे

काठमाडौं, पुस २९ : माघेसंक्रान्तिका अवसरमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुलको व्यापार बढेको छ।

कालीमाटी तरकारी बजारमा तरुलका साथै सखरखण्डको व्यापार बढेको छ। माघे संक्रान्ति विशेषगरी तरुल र चाकुको चाड हो। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले हरेक वर्ष माघ १ लाई माघे संक्रान्तिको रूपमा मनाइन्छ।

Hardik ivf

संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल प्रतिकेजी औसत ६५ रुपैयामा बिक्री भएको छ भने सखरखण्ड प्रतिकेजी न्यूनतम ७० रुपैयाँदेखि ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।

सर्लाहीबाट तरुल लिएर आएका व्यापारी बुद्धिमान लोप्चनले पछिल्लो तीन दिन तरुलको बिक्रि बढेको भएपनि गतसाल भन्दा बढि व्यापार हुन नसकेको बताए। बजारमा पताले, सिमल तरुल, पानी तरुल, हात्तीपाईले, पातले, आकाशे तरुल पाइने भएपनि पताल तरुलको व्यापार धेरै हुने गरेको उहाले बताए।

जाडोमा रोग प्रतिरक्षात्मक क्षमता बढाउन तरुलले मद्धत गर्ने चिकित्सकहरुको भनाइ छ। त्यस्तै वासप्रश्वास तथा छालासम्बन्धी समस्याको लागि पनि तरुल उपयुक्त मानिन्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइने हुँदा पाचन प्रक्रियासम्बन्धि समस्याको लागि राम्रो हुने गरेको छ। 

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्