Kathmandu Press

आलमको मुद्दामा पेसी तय हुन सकेन 

जिल्ला अदालत प्रशासनले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको जनाएको छ। अदालतले यसअघि मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको थियो।
आलमको मुद्दामा पेसी तय हुन सकेन 

गौर, पुस २९ : जिल्ला अदालत रौतहटका न्यायाधीश विदामा भएकाले कांग्रेस नेता एवम् पूर्व मन्त्री मोहम्मद अफताब आलमविरुद्धको मुद्दामा सुनुवाईका लागि आइतबार पेशी तय हुन सकेन। 

जिल्ला अदालत प्रशासनले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको जनाएको छ। अदालतले यसअघि मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको थियो।

आलमविरुद्ध१८ कात्तिक २०७६ मा रौतहट जिल्ला अदालतमा ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ।

उक्त मुद्दाको थुनछेक बहसपछि आलम २०७६ कात्तिक २९ गतेदेखि पुर्पक्षका लागि थुनामा छन्। उक्त मुद्दामा कांग्रेस नेता तथा पूर्वमन्त्री आलमसहित ११ जना प्रतिवादी छन्। 
 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्