Kathmandu Press

लायन्स क्लब अफ काठमाडौं प्रभु आरटीद्वारा नमाेबुद्धमा न्यानाे कपडा वितरण

लायन्स क्लब अफ काठमाडौं प्रभु आरटीद्वारा नमाेबुद्धमा न्यानाे कपडा वितरण

काभ्रे, पुस २८ : लायन्स क्लब अफ काठमाडौं प्रभु आरटीले नमोबुद्ध–६ स्थित भगवती प्राथमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण गरेको छ।

सामुदायिक विद्यालय सहयोग कार्यक्रम २०२४ अन्तर्गत सो विद्यालयलाई सहयोग गरिएको क्लवका अध्यक्ष सन्जय लामाले जानकारी दिए।

नमोबुद्ध नगर प्रमुख कुनसाङ लामा, नमोबुद्ध वडा नम्बर ६ का अध्यक्ष टीकाबहादुर केसी चार्टर प्रेसिडेन्ट जस्मिन श्रेष्ठ लगायत क्लवका पदाधिकारीहरुले ती सामाग्री बालबालिकालाई हस्तान्तरण गरेका थिए।

0C-SdAtn-1705152887.jpeg

क्लबले विद्यालयका शैक्षिक एवं प्रशासनिक गतिविधिमा सहयोग पुगोस् भनेर १ थान प्रिन्टर समेत सहयोग गरेको छ।

नगर प्रमुख कुनसाङ लामाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक लगायत सबै सरोकारवालाको उत्तिकै भुमिका हुने बताए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमध्वज लामा, प्रधानाध्यापक नवीन अधिकारीले सहयोगी दातालाई आभार प्रकट गर्दै आगामी दिनमा समेत निरन्तरताको कामना गरे।

-udgPZy_-1705152888.jpeg

प्रकाशित मिति: १९:२० बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्