Kathmandu Press

फलफूलका कन्टेनर २४ दिनदेखि चिनियाँ नाकामा अलपत्र

काठमाडौं, फागुन २८ : नेपाल र चीनको सीमा क्षेत्र खासा बजार हुँदै ल्याइने फलफूलका कन्टेनर २४ दिनदेखि ताताेपानी नाकामा रोकिएका छन्।

कोरोना भाइर....

फलफूलका कन्टेनर २४ दिनदेखि चिनियाँ नाकामा अलपत्र

काठमाडौं, फागुन २८ : नेपाल र चीनको सीमा क्षेत्र खासा बजार हुँदै ल्याइने फलफूलका कन्टेनर २४ दिनदेखि ताताेपानी नाकामा रोकिएका छन्।

कोरोना भाइरस संक्रमण जोखिम बढ्ने भन्दै सीमा नाकामा गरिएको कडाइको कारण चीनबाट आएका कन्टेनरहरु नाकामा रोकिएका हुन्। सरकारको वेवास्ताको कारण २४ दिनदेखि फलफुल नाकामै रोकिएर बसेको व्यवसायीहरुको गुनासो छ।

फलफूल व्यवसायी संघका अध्यक्ष कुमार पाण्डेका अनुसार नाकामा एक सय ३० वटा चिनियाँ बसमा करिब ७० करोड रुपैयाँ बराबरको सामाग्री रोकिएर बसेको छ।

'सरकारले सबै नाका खुल्ला छ भनेपनि सामान ल्याउन पाएका छैनौं,' उनले भने, '१६ दिन अगाडि नै उद्योग, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्री तथा सचिवलाई भेटेर समस्या राखिसकेका छौं तर हालसम्म सुनुवाई भएको छैन।'

चिनियाँ सरकारले आफ्नो सामान छिटो लैजानु भन्दै दवाव दिइरहेको भन्दै नाकामा कुहिएको फलफुल फल्ने स्थान नहुँदा अझै समस्या परेको उनले बताए। 'सरकारकै कारण व्यवस्याीहरु सडकमा उत्रने अवस्था सिर्जना भएको छ,' उनी भन्छन्, 'विश्व स्वास्थ्य संगठनले पनि २४ घण्टापछि फलफूलमा कोरोनाको भाइरस नहुँने बताएको छ। सामान ल्याएका सबै चिनियाँ ड्राइभरसँग स्वास्थ्य रिर्पोट छ।' 

विभागका सचिव बैकुष्ठ अर्यालले गृह, परराष्ट्र, स्वास्थ्य तथा वार्णिज्य मन्त्रालयसँग छलफल भइरहेकाले छिट्टै नाका खुल्ने बताए। 

मंगलबार सरकारका प्रवक्ता एवं अर्थमन्त्री युवराज खतिवडाले चीनमा भाइरसको संक्रमण घट्दै गएकाले रसुवागढी र तातोपानी नाकामा रोकिएका वस्तु मन्त्रालयसँग समन्वय गरेर ल्याउन सकिने बताएका थिए।

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्