जाजरकाेट भूकम्पका पीडितलाई अष्ट्रियाका संगीतकर्मी फ्रिजीकाे साथ
उनको संस्था फ्रिजी लाइट एसाेसिएसनले जाजरकोटको बारेकोट, नलगाड, भेरी, छेडागाढ तथा पश्चिम रुकुमको आठबिसकोट, चौरजहारी तथा मुसीकोटका विभिन्न वार्डहरूमा गरी ६४५ परिवारलाई सिरक, डसना तथा चामल वितरण गरेको हाे।
काठमाडाैं, पुस २८ : गत महिना पश्चिम नेपालमा गएको शक्तिशाली भूकम्पले क्षति पुर्याएका सयौं परिवारलाई अष्ट्रियाका संगीतकर्मी तथा समाजसेवी फ्रिजी गिफले हालै सहायता गरेका छन्।
उनको संस्था फ्रिजी लाइट एसाेसिएसनले जाजरकोटको बारेकोट, नलगाड, भेरी, छेडागाढ तथा पश्चिम रुकुमको आठबिसकोट, चौरजहारी तथा मुसीकोटका विभिन्न वार्डहरूमा गरी ६४५ परिवारलाई सिरक, डसना तथा चामल वितरण गरेको हाे।
सन् २०१५ (२०७२) सालको भूकम्पपछि पीडामा परेकाहरूलाई लगातार रूपमा सहायता गरेका फ्रिजी गिफ प्रेम नै आफ्नो धर्म भएको बताउँछन्। भूकम्पले जन तथा धनमा ठूलो क्षति पुगेर पनि आवश्यक राहत नपुगेका सयौं परिवारहरूमा फ्रिजी लाइट एसाेसिएसनको सहायताले ठुलो मद्दत गरेको स्थानीय समाजसेवीहरूको भनाइ छ।
प्रकाशित मिति: १४:५४ बजे, शनिबार, पुस २८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












