Kathmandu Press

कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण

प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध बिस्तारविद्ध चेतावनी दिएको हो। 
कार्गो जहाजमाथि थप आक्रमणको धम्कीपछि यमनमा अमेरिकी आक्रमण

साना, यमन, पुस २८ : इरान समर्थित लडाकूसमूहले ‘रेड सी’ मा पानी जहाजमाथि थप आक्रमण गर्ने चेतावनी दिएपछि अमेरिकाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शनिबार पुनः आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ।

प्यालेस्टिनी लडाकू समूह हमाससँग इजरायलले गरिरहेकोे युद्ध प्यालेष्टिनी थप क्षेत्रमा बिस्तार हुने देखिएपछि यमनी हुथी समूहले आफ्नो क्षेत्रीय सहयोगी हमासलाई सहयोग गर्दै इजरायलको युद्ध विस्तारविद्ध चेतावनी दिएको हो। 

यमनले ‘रेड सी’ मा इजरायल सम्वद्ध जहाजमाथि आक्रमण बढाएको एक दिनपछि हुथीको राडार साइटमा आक्रमण भएको हो। इरान समर्थित लडाकूको सरकारी सञ्चारमाध्यमले यसअघि यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा रहेको अल–दैलामी एयरबेसमा आक्रमण भएको जनाएको थियो।

Hardik ivf

इजरायल–हमास युद्धको विरोधमा हप्तौंदेखि इजरायलसँग जोडिएको पानीजहाजमा आक्रमण गर्दै आएका हुथी विद्रोहीले पहिलो आक्रमणपछि अमेरिका र बेलायतको स्वार्थ ‘वैध निशाना’ भएको चेतावनी दिएका छन्।

बेलायत, संयुक्त राज्य अमेरिका र आठ सहयोगी राष्ट्रले शुक्रबार गरिएको हवाई आक्रमणको उद्देश्य ‘तनाव कम गर्ने’ रहेको बताएका छन् तर हुथी विद्रोहीले आक्रमण जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

विद्रोहीहरूको सर्वोच्च राजनीतिक परिषद्ले भनेको छ, 'आक्रमणपछि सबै अमेरिकी–बेलायती स्वार्थहरू वैध निशाना बनेका छन्।' विद्रोहीका उपविदेशमन्त्री हुसेन अल एज्जीले संयुक्त राज्य अमेरिका र बेलायतले ठूलो मूल्य चुकाउन तयार हुनुपर्ने बताएका छन्।

सन् २०१४ मा गृहयुद्ध सुरु भएदेखि नै विद्रोहीहरूले यमनको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएका छन् र इजरायल र यी गतिविधि उसका सहयोगीहरूविरुद्ध इरान समर्थित ‘प्रतिरोधको उच्चतम’ हिस्सा हुन्। 

यमन, लेबनान, इराक र सिरियामा अक्टोबरको सुरुमा गाजामा युद्ध सुरु भएयता इरानसमर्थित समूहमाथि हिंसा बढेको छ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले क्षेत्रीय शान्ति र स्थायित्वका लागि सबै पक्षलाई तनाव नबढाउन आग्रह गर्नुभएको महासचिवका प्रवक्ता स्टेफन दुजारिकले जानकारी दिए।

हुथी विद्रोहीले पानीजहाजमाथि गरेको आक्रमण तत्काल रोक्न माग गर्दै प्रस्ताव पारित गरेको केही दिनपछि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले शुक्रबार आपतकालीन बैठक बोलाएको थियो। भेटमा अमेरिकी राजदूत लिन्डा थोमस–ग्रिनफिल्डले हुथी विद्रोहीले ‘रेड सी’ मा पानीजहाज सञ्चालन गर्दा हुने खतराबाट कुनै पनि जहाज सुरक्षित नरहेको चेतावनी दिएका थियो।

रूसी राजदूत भासिली नेबेन्जियाले देशको सम्पूर्ण जनतामाथि भएको ‘निर्लज्ज सशस्त्र आक्रमण’को निन्दा गरेका छन्।  मध्यपूर्वका नेताहरूले हिंसाप्रति चिन्ता व्यक्त गरेका छन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमाथिको आक्रमणलाई अनुचित भन्दै यसले ‘रेड सी’ क्षेत्र रक्तपातपूर्ण बन्न सक्ने बताएका छन्। 

साउदी अरबले सैन्य कारबाहीलाई निकै चिन्ताका साथ हेरिरहेको बताउँदै ‘आत्मसंयम र तनावबाट जोगिन’ आह्वान गरेको छ। सन् २०२२ को सुरुमा भएको युद्धविरामपछि साउदी अरबले हुथी विद्रोहीसँग नौ वर्षसम्म चलेको युद्धबाट आफूलाई मुक्त गर्ने प्रयास गरिरहेको छ। हमासले क्षेत्रीय सुरक्षामा परेको असरका लागि बेलायत र संयुक्त राज्य अमेरिकालाई जिम्मेवार भएको दावी गरेको छ। 

प्रकाशित मिति: १२:३८ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्