Kathmandu Press

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन

पोखरामा ‘१२ दुर्वासा’ नाटक मञ्चन

गण्डकी, पुस २७ : पोखरा थिएटरको गन्धर्व नाटकघरमा बिहीबारदेखि ‘१२ दुर्वासा’ नाटक मञ्चन सुरु भएको छ।

अमेरिकी नाटककार रेग्नाल्ड रोजद्वारा लिखित उक्त नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका हुन्। पोखरा थिएटरका अध्यक्ष परिवर्तनको निर्देशनमा तयार पारिएको नाटकमा उहाँसहित १३ कलाकारले अभिनय गरेका छन्। 

Hardik ivf

नाटकमा नाट्यकर्मी रमेशबाबु तिमल्सिना, अनुषा परियार, रवीन्द्र मल्ल, सुसन पौडेल, रोशनी रामदाम, धनकाजी श्रेष्ठ, अञ्जु दाहाल, गोपाल भुसाल, राजेन्द्र अधिकारी, मनोज अदित्य, दिप्सा विश्कर्मा र रोहित पौडेल रहेका छन्। प्रिमियर शो हेर्न पुगेका दर्शकले उक्त  नाटक मन परेको भन्दै नाटक समूहको कामको प्रशंसा गरेका थिए। 

आगामी माघ १३ गतेसम्म मञ्चन हुने उक्त नाटकले वर्गीय, जातिय, क्षेत्रीय तथा लैङ्गिक समाजको चित्रण गर्ने भएकाले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए।
    
‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटक छोराले बुबालाई मारेको हो होइन भन्ने विषयमा केन्द्रित रहेको छ। यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक–फरक पृष्ठभूमिका १२ जनाबीच छलफल गरी निर्णय गर्न लगाइन्छ। उनीहरुको विचारमा देखिने विविधता र सङ्र्घष नै नाटकको विषयवस्तु हो। 

प्रकाशित मिति: १४:२८ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्