Kathmandu Press

बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक पक्राउ

काठमाडौं, फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरी वृत ठ....

बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक पक्राउ

काठमाडौं, फागुन २८ : पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा विस्फोट गराएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ।

महानगरीय प्रहरी वृत ठिमीको टोलीले मनोहरा सुकुम्बासी बस्तीबाट एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने करिब ५० वर्षीय देव गुरुङ रहेका छन्। उनीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान ७ः४० बजे लोकन्थलीस्थित बाँस्कोटाको घरमा विस्फोट भएको थियो। बिस्फोटमा सामान्य क्षति भएको छ। रिमोटबाट बम विस्फोट गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, घटनास्थलबाट १० मिटरको दूरीमा रिपोट भेटिएको छ।

घटनास्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ। पर्चामा बाँस्कोटालाई १० आरोप लगाइएको छ।

प्रकाशित मिति: १२:०१ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्