विदेशी मुद्रा सञ्चिति १७ खर्ब ६७ अर्ब नाघ्यो
चालु आर्थिक वर्षको ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेर नेपालको कुल बजेटभन्दा माथि पुगेको छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो।काठमाडौं, पुस २६ : मंसिर महिनासम्म मुलुकको कुल विदेशी विनिमय सञ्चिति १७ खर्ब ६७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। गत असारको तुलनामा यो १४.८ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्षको ५ महिनामै विदेशी विनियम सञ्चिति करिब २ खर्ब २८ अर्बले बढेर नेपालको कुल बजेटभन्दा माथि पुगेको छ । २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड थियो।
‘अमेरिकी डलरमा यस्तो सञ्चिति ०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ०८० मंसिर मसान्तमा १३।६ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
कुल विदेशी मुद्रा सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपैयाँ थियो । गत मंसिरसम्ममा यो १५।६ प्रतिशतले बढेर १५ खर्ब ५६ अर्ब २५ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था ९नेपाल राष्ट्र बैंक बाहेक० सँग रहेको विदेशी विनिमय सञ्चिति ०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मंसिर मसान्तमा ८।९ प्रतिशतले बढेर २ खर्ब १० अर्ब ७९ करोड कायम भएको छ।
गत मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१।६ प्रतिशत रहेको छ ।