Kathmandu Press

सामूहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

महोत्तरी, फागुन २८ : जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिले भएको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

....
सामूहिक बलात्कार घटनाका आरोपित सार्वजनिक

महोत्तरी, फागुन २८ : जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिले भएको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

मिथिला माध्यमिकी परिक्रमा हेर्न फागुन १५ गते जलेश्वर पुगेका दुई किशोरीलाई जबरजस्ती बलात्कार गर्ने सात जनाको समूहमध्ये चार जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्बजनिक गरेको हो।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमै सार्वजनिक गरेको हो।

परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न पुगेका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तस्थलमा पु¥याएर सातले सामूहिक बलात्कार गरेका थिए। घटनामा संलग्न तीन अझै फरार रहेका र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।

घटनापछि जलेश्वर अस्पताल पु¥याइएका दुवै किशोरीको स्वास्थ्य सामान्य रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारै जनालाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: ११:४८ बजे, बुधबार, फागुन २८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्