हात्तीको आक्रमणमा वृद्धको मृत्यु
जंगलबाट घाँस लिएर फर्कने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
विराटनगर, पुस २६ : जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा बिहीबार एकजनाको मृत्यु भएको छ। सु्नसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जंगल नजिकै हात्तीको आक्रमणमा परी स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।
जंगलबाट घाँस लिएर फर्कने क्रममा उनीमाथि हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
विष्टको शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ। केही सातायता सुनसरी, मोरङ र झापामा जंगली हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ। तीन साता यता यी तीन जिल्लाका कम्तीमा सातजनाको हात्तीको आक्रमणमा परी ज्यान गइसकेको छ।
समूहमा रहेका हात्तीहरु गाउँ प्रवेश गरी घरसहित धनमाल नष्ट गर्ने, बाली नाली खाइदिने गरेपछि गाउँलेले रातभरि जाग्राम बसेर हात्ती धपाउने गरिरहेका छन्।











-(86)-1764936079.jpg)
